• २०८३ असोज २० गते मङ्गलवार
  • Preeti To Unicode

एआईजी वंशीराज दाहालमाथि छानबिन गर्न अन्जनीकुमार पोखरेल जाँचबुझ अधिकृत नियुक्त

एआईजी वंशीराज दाहालमाथि छानबिन गर्न अन्जनीकुमार पोखरेल जाँचबुझ अधिकृत नियुक्त

काठमाडौँ। सशस्त्र प्रहरीका निलम्बित एआईजी वंशीराज दाहालमाथि छानबिन गर्न गृह मन्त्रालयले जाँचबुझ अधिकृत तोकेको छ। गृह मन्त्रालयका अनुसार सशस्त्र प्रहरीका अर्का एआईजी अन्जनीकुमार पोखरेललाई दाहालमाथि छानबिन गर्ने जिम्मेवारी दिइएको हो। सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार मानव स्रोत विभागमा कार्यरत पोखरेललाई जाँचबुझ अधिकृत तोकिएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिएका छन्।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा भेट्न गएको र त्यस क्रममा संवेदनशील सूचना चुहाएको आरोपमा गृह मन्त्रालयले दाहाललाई सोमबार निलम्बन गरेको थियो। यस विषयमा अनुसन्धान अघि बढाउने क्रममा दाहालको झापाका बिचौलिया इनम सापकोटासँग पनि ‘कनेक्सन’ देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। अनुसन्धानअनुसार चोलेन्द्र शमशेर जबराले इनमलाई प्रयोग गरी सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका दीपक भट्ट र सुलभ अग्रवालको मुद्दामा चलखेल गरेको आशंका गरिएको छ। इनम सापकोटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ दिल्ली जान लागेका बेला असोज १४ गते पक्राउ परेका थिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार