काठमाडौँ। नेपाली कांग्रेसका नेता मधु आचार्यले पार्टीको उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर आचार्यले उपसभापति पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।