काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ बासना थापाले केन्द्रीय सदस्य (महिला खुला) पदमा उम्मेदवारी प्रस्तुत गरेकी छन्। पार्टीका अग्रजहरूको सम्मान गर्दै युवा पुस्तालाई अवसर प्रदान गर्ने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको थापाले बताएकी छन्। पार्टीको बृहत्तर हित, एकता र शुद्धीकरणलाई प्राथमिकतामा राख्दै कांग्रेसलाई अझ सुदृढ, एकताबद्ध, युवामैत्री तथा महिलामैत्री बनाउने अभियानमा आफ्नो भूमिका रहने उनको भनाइ छ। उनले आफ्नो उम्मेदवारीलाई साथ, सहयोग र विश्वास गर्दै अमूल्य मत प्रदान गर्न पार्टीका नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूसँग अपिल गरेकी छन्।