काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँ तोकेको छ । आज सुन प्रतितोला २ हजार रूपैयाँले बढेको हो ।
यसअघि बिहीबार सुन १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि २० रूपैयाँले बढेको छ । बिहीबार तोलामा १९ सय ६० रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले बढेर १९ सय ८० रूपैयाँमा कारोवार भइरहेको छ ।