• २०८१ मङ्सिर १८ गते मङ्गलवार
  • Preeti To Unicode

आजको फलफूल तथा तरकारीको बजार मूल्य, सामान्य परिवर्तन


काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ।

यसैगरी आलु  रातोको ७५, आलु सेतोको तीन रुपैयाँले घटेर ६०, लोकल बन्दाको ७०, काउली स्थानीयको १० रुपैयाँले बढेर १०० रुपैयाँ पुगेको छ । यसैगरी भन्टा डल्लोको मूल्य पनि १० रुपैयाँले बढेर ६० रुपैयाँ र भन्टा लाम्चो १० रुपैयाँले बढेर ४० रुपैयाँ कायम भएको छ ।

रायो सागको मूल्य भने १० रुपैयाँले घटेर ५० रुपैयाँ कायक भएको छ ।  तोरिको साग ६० ,पालूगो साग ५० र चमसुरको साग १०० रुपैयाँ रहेको छ । त्यस्तै,लोकल गाजर १४० रुपैयाँ, तने बोडी १२० रुपैयाँ, मकै बोडी हिजो भन्दा २० रुपैयाँले बढेर ७० रुपैयाँ, मटरकोशा ३० रुपैयाँले बढेर १४० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ,लौका ६०, घिरौला ७० रुपैयाँ र लोकल परवर ६० रुपैयाँ रहेको छ । त्यस्तै, अनारको ४५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली ९० केरा १५०,स्याउ फूजी २८० रहेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २९ गते बिहिवार