काठमाडौं — प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सांसदहरूलाई शपथ गराएका हुन्। संसद् सचिवालयका अनुसार ६३ जना सांसदहरूले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिएका छन्, जसले नेपालको बहुभाषिक पहिचान झल्काएको छ।
शपथ ग्रहणका लागि सांसदहरू आ–आफ्नै परम्परागत भेषभूषामा सिंहदरबार पुगेका थिए।