• २०८३ बैशाख १८ गते शुक्रवार
  • Preeti To Unicode

मे दिवस आज: श्रमिक अधिकारको स्मरणमा विश्वभर कार्यक्रम

मे दिवस आज: श्रमिक अधिकारको स्मरणमा विश्वभर कार्यक्रम

काठमाडौं । आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस विश्वभर विविध कार्यक्रमका साथ मनाइँदैछ । सन् १८८९ मा पेरिस मा सम्पन्न श्रमिक नेताहरूको अन्तर्राष्ट्रिय बैठकले यो दिवस मनाउने निर्णय गरेपछि सन् १८९० देखि हरेक वर्ष मे १ तारिखमा मनाउन थालिएको हो । यसअघि सन् १८८६ मा सिकागो मा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ को नारासहित भएको ऐतिहासिक मजदुर आन्दोलन र त्यसक्रममा भएको हेयमार्केट घटना को सम्झनामा यो दिवस मनाइन्छ । नेपालमा पनि विराटनगर बाट २००७ सालदेखि यो दिवस मनाउन थालिएको हो भने २०४६ सालको राजनीतिक परिवर्तनपछि सार्वजनिक बिदा दिइँदै आएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १८ गते शुक्रवार