ज्यान मार्ने मुद्दाका फरार प्रतिवादी सुजित थापा पक्राउ

ज्यान मार्ने मुद्दाका फरार प्रतिवादी सुजित थापा पक्राउ

काठमाडौं । ज्यान मार्ने मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । काभ्रेको चरङ्गीफेदी घर भई हाल काठमाडौंको कोटेश्वरमा बस्दै आएका २८ वर्षीय सुजित थापालाई प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका थापामाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १९ गते शनिवार