काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका पौडेललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो । १८ वैशाखमा तत्कालीन आईजीपी राजु अर्याल अवकाश भएपछि पौडेलले सशस्त्र प्रहरीको कमाण्ड सम्हाल्दै आएका छन् ।