काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा रोचक शैलीमा सम्बोधन गरेका छन्। विशेष समय लिएर बोल्दै उनले सभामुखलाई सम्बोधन गर्दै ‘सभामुख महोदय, कुरा त्यही हो हजुर, धन्यवाद’ मात्रै भनेपछि आफ्नो भनाइ टुंग्याएका थिए। राईको छोटो सम्बोधनपछि सभामुखसहित सांसदहरू हाँसेका थिए।यसअघि मंगलबारको बैठकमा पनि सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ कहिले दिने भन्दै प्रश्न गरेका थिए। आकस्मिक समयमा बोल्दै उनले सरकार र सरकार प्रमुखले पूरा गर्नुपर्ने जिम्मेवारीप्रति गम्भीर बन्न आग्रह गरेका थिए। उनले सभामुखमार्फत सरकारलाई प्रश्न गर्दै संसद्मा उठेका विषयको जवाफ दिने जिम्मेवारी कहिले पूरा हुन्छ भनेर सोधेका थिए। साथै, यसअघि उठाइएको विषयको सम्बोधन अझै नभएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका थिए।