• २०८३ असोज १६ गते शुक्रवार
  • Preeti To Unicode

कांग्रेस महाधिवेशनमा भड्किलो प्रचारमा रोक, डिजिटल माध्यमबाट मात्रै प्रचार गर्न पाइने

कांग्रेस महाधिवेशनमा भड्किलो प्रचारमा रोक, डिजिटल माध्यमबाट मात्रै प्रचार गर्न पाइने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारहरूले गर्ने प्रचारप्रसारलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन कडा आचारसंहिता लागू गरिएको छ। राष्ट्रिय संवेदना तथा वातावरणीय पक्षलाई ध्यानमा राख्दै तयार गरिएको आचारसंहिताअनुसार तडकभडक र भड्किलो प्रचारप्रसारमा पूर्ण रोक लगाइएको छ। महाधिवेशन स्थल तथा आसपासका क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेटलगायतका कुनै पनि प्रकारका भौतिक प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न निषेध गरिएको छ। त्यस्तै, महाधिवेशन स्थल बाहिर, सार्वजनिक सडक तथा आसपासका क्षेत्रमा समेत प्रचार सामग्री प्रदर्शन गर्न पाइने छैन। उम्मेदवारहरूले आफ्ना एजेन्डा र उम्मेदवारीसम्बन्धी विवरण सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यमबाट मात्र प्रचार गर्न पाउने व्यवस्था गरिएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले विपद्पछिको परिस्थितिलाई ध्यानमा राखी आचारसंहिता बनाइएको जानकारी दिँदै यसको पूर्ण पालना गर्न नेता, कार्यकर्ता, उम्मेदवार तथा शुभेच्छुकलाई आग्रह गरेका छन्। आचारसंहिता उल्लङ्घन भएमा नियमानुसार कारबाही गरिने निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार