काठमाडौँ । आम जनता पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठक आइतबार काठमाडौँको कमलादीमा सुरु भएको छ। पार्टी अध्यक्ष प्रभु साहले पानसमा बत्ती बालेर बैठकको उद्घाटन गरेका हुन्। बैठकको सुरुवातमा पार्टी केन्द्रीय कार्यालय सदस्य देवी पाण्डेले स्वागत मन्तव्य राखेकी थिइन्। बैठकमा पार्टीको आगामी कार्यदिशा, संगठनात्मक विषय तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।