लेनदेन मुद्दाकी फरार प्रतिवादी रत्नशोभा बज्राचार्य पक्राउ

लेनदेन मुद्दाकी फरार प्रतिवादी रत्नशोभा बज्राचार्य पक्राउ

काठमाडौं । लेनदेन मुद्दामा फरार रहेकी काभ्रेको बनेपा नगरपालिका–८ की ५० वर्षीया रत्नशोभा बज्राचार्य पक्राउ परेकी छिन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको ताहचलबाट पक्राउ गरेको हो।

लेनदेन मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७७ साल माघ १९ गते बज्राचार्यलाई दुई वर्ष कैद तथा २५ लाख ६७ हजार ७०७ रुपैयाँ बिगो तिराउने फैसला गरेको थियो। अदालतको फैसला कार्यान्वयनका लागि फरार रहेकी उनलाई पक्राउ गरी काभ्रे जिल्ला अदालतमार्फत कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार