प्रधान सेनापति सिग्देल औपचारिक भ्रमणका लागि बेलायत प्रस्थान

प्रधान सेनापति सिग्देल औपचारिक भ्रमणका लागि बेलायत प्रस्थान

काठमाडौं । प्रधान सेनापति अशोक राज सिग्देल बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको निमन्त्रणामा औपचारिक भ्रमणका लागि सोमबार बेलायत प्रस्थान गरेका छन्। नेपाली सेनाका अनुसार उनको भ्रमण २५ गतेसम्म हुनेछ। प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग केसीले उनलाई बिदाइ गरेका थिए। उक्त भ्रमणले लामो समयदेखि कायम नेपाल र बेलायतबीचको आपसी सैनिक सम्बन्धलाई थप सुदृढ गर्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ। प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीप जंग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार