• २०८३ असोज २० गते मङ्गलवार
  • Preeti To Unicode

३५ वर्षमुनिको समूहबाट कांग्रेस केन्द्रीय सदस्यमा अनुराग खड्काको उम्मेदवारी

३५ वर्षमुनिको समूहबाट कांग्रेस केन्द्रीय सदस्यमा अनुराग खड्काको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काका छोरा अनुराग खड्काले कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्। उनले आज हुने उम्मेदवारी दर्ताका क्रममा ३५ वर्षमुनिको समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउने तयारी गरेका हुन्।

लुम्बिनी प्रदेश सभा सदस्यसमेत रहेका अनुराग १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि थिए। उनी १३औँ महाधिवेशनदेखि कांग्रेसको क्रियाशील सदस्यका रूपमा पार्टी राजनीतिमा सक्रिय हुँदै आएका छन्। बेलायतबाट अध्ययन पूरा गरेर नेपाल फर्किएपछि उनले पार्टी राजनीतिमा आफ्नो सक्रियता थप बढाएका हुन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार