• २०८३ असोज २० गते मङ्गलवार
  • Preeti To Unicode

कांग्रेस सभापतिमा किशोरसिंह राठौरको उम्मेदवारी घोषणा

कांग्रेस सभापतिमा किशोरसिंह राठौरको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा किशोरसिंह राठौरले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राठौरले कांग्रेसलाई एकताबद्ध बनाउने एजेन्डासहित सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार नै मनोनयन दर्ताको कार्यक्रम रहेको छ । सभापति पदका लागि गगन थापा स्वाभाविक उम्मेदवारका रूपमा अघि बढिरहेका छन् भने सोमबार श्यामकृष्ण खड्कीले पनि सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार