काठमाडौं । नेपाली कांग्रेसका नेता मनोजमणि आचार्यले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनले मंगलबार राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर खस–आर्य समूहबाट सहमहामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।