काठमाडौं। हरिनारायण यादव संयोजक रहेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मंगलबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालमा विधिवत् रूपमा समाहित भएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै थप राजनीतिक उपलब्धि हासिल गर्न आवश्यक रहेको निष्कर्षसहित राजपा नेपालले जसपा नेपालमा समाहित हुने निर्णय गरेको जसपा नेपालका महासचिव डा. सुरेन्द्र झाले जानकारी दिए। उनका अनुसार अधिकार प्राप्तिका विभिन्न आन्दोलन, सङ्घीयता तथा पहिचानका पक्षधर राजनीतिक शक्तिहरूबीच एकीकरण गर्ने जसपा नेपालको उद्देश्यअनुरूप राजपा नेपाललाई पार्टीमा समाहित गरिएको हो।