काठमाडौँ । गायिका तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन्। थापा मगरको उम्मेदवारीको प्रस्तावक गायक सुवास केसी रहेका छन् भने समर्थकमा गायक चन्द्र शर्मा रहेका छन्।