• २०८३ असोज २३ गते शुक्रवार
  • Preeti To Unicode

कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय साँझ ७ बजेसम्म थपियो

कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय साँझ ७ बजेसम्म थपियो

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय साँझ ७ बजेसम्म थप गरिएको छ। यसअघि साँझ ५ बजेसम्मका लागि निर्धारित मतदानको समय महाधिवेशन प्रतिनिधिहरूको लामो लाइनका कारण दुई घण्टा थप गरिएको हो। नेपाली कांग्रेस नीति प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेश आचार्यका अनुसार मतदानमा सहभागी हुने प्रतिनिधिहरूको चाप बढेपछि समय थप गरिएको हो। बिहान ७ बजेपछि सुरु भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि कुल ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन्। महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यलगायत पदमा नेतृत्व चयन गर्नुपर्ने र २३ वटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले मतदान प्रक्रिया लामो भएको हो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार