• २०८३ बैशाख १७ गते बिहिवार
  • Preeti To Unicode

२ सातापछि खुल्यो बाढीपहिरोले तहसनहस बनाएको बीपी राजमार्ग 


काठमाडौं । बाढीपहिरो र डुबानले तहसनहस बनाएको बीपी राजमार्ग २ सातापछि खुलेको छ । पूर्वी नेपालको सबैभन्दा महत्वपूर्ण रणनीतिक सडक बीपी राजमार्गमा असोज १११२ को प्रकोपले धेरै क्षति भएको थियो । भौतिक पूर्वाधार मन्त्रालय, सडक विभाग र स्थानीय तहहरूको निरन्तरको प्रयासबाट आज बिहानदेखि बीपी राजमार्गमा गाडी सुचारू भएको हो ।

रोशी क्षेत्रको मंगलाटार बोक्सीकुनामा डाइभर्सन बनाइएको छ । बाढीपहिरोले भत्केबिग्रिएको अन्य ठाउँमा पनि कल्भर्ट बनाएर, ठाउँठाउँमा खोला डाइभर्सन गरेर तत्काललाई सवारीसाधन निर्वाध चल्ने गरी मर्मत गरिएको सचिव केशव शर्माले बताए ।

प्रकाशित मिति : २०८१ असोज २५ गते शुक्रवार