काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा मेला भर्न गएका यात्रु चढेको जिप दुर्घटना भएको छ । दुर्घटनामा १५ जना गम्भीर घाइते भएका छन् भने १ जना सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरीका अनुसार लु१ज ४१६७ नम्बरको बोलेरो जिप सडकबाट करिब ८ सय मिटर तल खसेको हो । घटनास्थलमा भारी वर्षा भइरहेका कारण उद्धार कार्यमा कठिनाइ भएको छ ।
घाइतेहरूको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । भोलि जलजलामा लाग्ने मेला भर्न जाँदै गरेका यात्रु बोकेको जिप दुर्घटनामा परेको रोल्पाका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन् ।