काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि बढेको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च विन्दुमा पुगेको छ । ताजा तथ्यांकअनुसार कच्चा तेलको मूल्य प्रति ब्यारेल ११९.७६ डलर पुगेको छ, जुन सन् २०२२ यताकै उच्च हो । यसअघि रुस–युक्रेन युद्ध का क्रममा सन् २०२२ को फेब्रुअरी–मार्चतिर तेलको मूल्य करिब १३० डलर प्रति ब्यारेलसम्म पुगेको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम The Guardian का अनुसार अमेरिकी राष्ट्रपति Donald Trump को इरानका बन्दरगाहमा सैन्य नाकाबन्दी जारी राख्ने अभिव्यक्तिले पनि मूल्यवृद्धिमा थप दबाब सिर्जना गरेको छ । यसको प्रत्यक्ष असर Strait of Hormuz मा परेको छ, जहाँ असुरक्षाका कारण सयौं तेल ट्यांकरहरू अलपत्र परेका छन् । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग प्रभावित हुँदा आपूर्ति अवरुद्ध भई विश्व बजारमा महँगीको दबाब बढेको छ । तनाव समाधानका लागि Pakistan मा वार्ताको पहल भइरहे पनि अहिलेसम्म ठोस उपलब्धि हुन सकेको छैन ।