काठमाडौं । नवलपुरको कावासोती १ बालुवा डाँडामा बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । शनिबार बिहान नवलपुरको बुलिङटारबाट कावासोती आउँदै गरेको बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी एक जनाको मृत्यु भएको र दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घाइतेहरुलाई उद्दार गरेर अस्पताल पुर्याइएको ढकालले जानकारी दिए । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
२५ जना घाइतेहरुमध्ये ११ जनाको कावासोतीको नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकीलाई उपचारका लागि चितवनतर्फ पठाइएको छ । घटनास्थलमा प्रहरी, नेपाली सेना र स्थानीयले घाइतेहरुहरुको उद्दार गरेका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।