• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

 पूर्वसभामुख दमननाथ ढुंगानाको निधन


काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।  आइतबार दिउँसो दुई बजेफ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । उनी कलेजो रोगबाट पीडित थिए ।

उनले २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए। त्यसपछि उनी सभामुख भएका थिए। पछिल्लो समय उनको अगुवाइमा संविधान संशोधनका विषयमा नियमित वहसहरु भइरहेको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २ गते आइतवार