• २०८३ भाद्र ५ गते शुक्रवार
  • Preeti To Unicode

गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 


काठमाडौं । गरिमा विकास बैंकले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहको ३ लाख ६० हजार ८२.४३ कित्ता सेयर बिक्रीमा राखेको हो। यसमध्ये २ लाख ५१ हजार ९५२.११ कित्ता सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले खरिद गर्न सक्नेछन् भने बाँकी रहेको १ लाख ८ हजार १३०.३२ कित्तामा अन्य व्यक्ति तथा संस्थाले किन्न पाउनेछन्।

संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको सेयरमा ३५ दिनभित्र खरिद निवेदन दिनुपर्नेछ। तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट निवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार