समावेशी उपसभापतिमा विनोद चौधरीको जित, महामन्त्रीमा डा. सुनिल शर्मा ५३ मतले पराजित

समावेशी उपसभापतिमा विनोद चौधरीको जित, महामन्त्रीमा डा. सुनिल शर्मा ५३ मतले पराजित

काठमाडौँ ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित हुँदा समावेशी उपसभापतिमा विनोद चौधरीको विजय र खुला महामन्त्रीमा डा. सुनिल शर्माको झिनो मतान्तरले भएको पराजय चर्चाको विषय बनेको छ। चौधरीले १ हजार ७४५ मत प्राप्त गर्दै उपसभापतिमा जित हासिल गरे भने डा. शर्मा २ हजार २५७ मत ल्याएर महामन्त्रीका प्रतिस्पर्धी उदय शमशेर राणाभन्दा ५३ मतले पछि परे। दुई पदका लागि भएको खुला महामन्त्रीको निर्वाचनमा प्रदीप पौडेल ४ हजार १९४ मत र राणा २ हजार ३१० मतसहित विजयी भए। चौधरीको अस्पताल, बैंक तथा खाद्य उद्योगलगायतका व्यवसाय र शर्माको निजी अस्पताल सञ्चालन तथा समाजसेवाका कारण दुवैको चर्चा चुलिएको छ।चौधरी समावेशी कोटाबाट निर्वाचित भएपछि आर्थिक रूपमा सम्पन्न व्यक्तिले सीमान्तकृत तथा अवसरबाट वञ्चित समुदायका लागि छुट्याइएको कोटामा प्रतिस्पर्धा गर्नु उचित हो कि होइन भन्ने बहससमेत उठेको छ। अर्कोतर्फ, समाजसेवाका कारण शर्माले जित्नुपर्ने धारणा राख्नेहरू पनि देखिएका छन् भने केहीले उनको राजनीतिक अनुभवबारे प्रश्न उठाएका छन्। महाधिवेशन प्रतिनिधिहरूका अनुसार शर्माको पक्षमा माहोल देखिएपछि उनलाई रोक्न प्रदीप पौडेल र उदय शमशेर राणाको पक्षमा मत दिन आग्रह गरिएको थियो। शर्माले पनि चुनावी प्रचारका क्रममा आफूलाई हराउने षड्यन्त्र हुन सक्ने बताएका थिए।

अन्ततः ५३ मतको अन्तरले भएको उनको पराजय र चौधरीको विजयले कांग्रेसको नयाँ नेतृत्व चयनसँगै समावेशिता, प्रतिनिधित्व र राजनीतिक प्रतिस्पर्धाबारे बहसलाई थप चर्चामा ल्याएको छ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित हुँदा समावेशी उपसभापतिमा विनोद चौधरीको विजय र खुला महामन्त्रीमा डा. सुनिल शर्माको झिनो मतान्तरले भएको पराजय चर्चाको विषय बनेको छ। चौधरीले १ हजार ७४५ मत प्राप्त गर्दै उपसभापतिमा जित हासिल गरे भने डा. शर्मा २ हजार २५७ मत ल्याएर महामन्त्रीका प्रतिस्पर्धी उदय शमशेर राणाभन्दा ५३ मतले पछि परे। दुई पदका लागि भएको खुला महामन्त्रीको निर्वाचनमा प्रदीप पौडेल ४ हजार १९४ मत र राणा २ हजार ३१० मतसहित विजयी भए। चौधरीको अस्पताल, बैंक तथा खाद्य उद्योगलगायतका व्यवसाय र शर्माको निजी अस्पताल सञ्चालन तथा समाजसेवाका कारण दुवैको चर्चा चुलिएको छ। चौधरी समावेशी कोटाबाट निर्वाचित भएपछि आर्थिक रूपमा सम्पन्न व्यक्तिले सीमान्तकृत तथा अवसरबाट वञ्चित समुदायका लागि छुट्याइएको कोटामा प्रतिस्पर्धा गर्नु उचित हो कि होइन भन्ने बहससमेत उठेको छ। अर्कोतर्फ, समाजसेवाका कारण शर्माले जित्नुपर्ने धारणा राख्नेहरू पनि देखिएका छन् भने केहीले उनको राजनीतिक अनुभवबारे प्रश्न उठाएका छन्। महाधिवेशन प्रतिनिधिहरूका अनुसार शर्माको पक्षमा माहोल देखिएपछि उनलाई रोक्न प्रदीप पौडेल र उदय शमशेर राणाको पक्षमा मत दिन आग्रह गरिएको थियो। शर्माले पनि चुनावी प्रचारका क्रममा आफूलाई हराउने षड्यन्त्र हुन सक्ने बताएका थिए।

अन्ततः ५३ मतको अन्तरले भएको उनको पराजय र चौधरीको विजयले कांग्रेसको नयाँ नेतृत्व चयनसँगै समावेशिता, प्रतिनिधित्व र राजनीतिक प्रतिस्पर्धाबारे बहसलाई थप चर्चामा ल्याएको छ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित हुँदा समावेशी उपसभापतिमा विनोद चौधरीको विजय र खुला महामन्त्रीमा डा. सुनिल शर्माको झिनो मतान्तरले भएको पराजय चर्चाको विषय बनेको छ। चौधरीले १ हजार ७४५ मत प्राप्त गर्दै उपसभापतिमा जित हासिल गरे भने डा. शर्मा २ हजार २५७ मत ल्याएर महामन्त्रीका प्रतिस्पर्धी उदय शमशेर राणाभन्दा ५३ मतले पछि परे। दुई पदका लागि भएको खुला महामन्त्रीको निर्वाचनमा प्रदीप पौडेल ४ हजार १९४ मत र राणा २ हजार ३१० मतसहित विजयी भए। चौधरीको अस्पताल, बैंक तथा खाद्य उद्योगलगायतका व्यवसाय र शर्माको निजी अस्पताल सञ्चालन तथा समाजसेवाका कारण दुवैको चर्चा चुलिएको छ। चौधरी समावेशी कोटाबाट निर्वाचित भएपछि आर्थिक रूपमा सम्पन्न व्यक्तिले सीमान्तकृत तथा अवसरबाट वञ्चित समुदायका लागि छुट्याइएको कोटामा प्रतिस्पर्धा गर्नु उचित हो कि होइन भन्ने बहससमेत उठेको छ। अर्कोतर्फ, समाजसेवाका कारण शर्माले जित्नुपर्ने धारणा राख्नेहरू पनि देखिएका छन् भने केहीले उनको राजनीतिक अनुभवबारे प्रश्न उठाएका छन्। महाधिवेशन प्रतिनिधिहरूका अनुसार शर्माको पक्षमा माहोल देखिएपछि उनलाई रोक्न प्रदीप पौडेल र उदय शमशेर राणाको पक्षमा मत दिन आग्रह गरिएको थियो। शर्माले पनि चुनावी प्रचारका क्रममा आफूलाई हराउने षड्यन्त्र हुन सक्ने बताएका थिए। अन्ततः ५३ मतको अन्तरले भएको उनको पराजय र चौधरीको विजयले कांग्रेसको नयाँ नेतृत्व चयनसँगै समावेशिता, प्रतिनिधित्व र राजनीतिक प्रतिस्पर्धाबारे बहसलाई थप चर्चामा ल्याएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार