सुनको मूल्यमा भारी उछाल, एकैदिन तोलामा १४,६०० रुपैयाँ वृद्धि

सुनको मूल्यमा भारी उछाल, एकैदिन तोलामा १४,६०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। पछिल्ला केही दिनदेखि निरन्तर घट्दै आएको सुनको मूल्य आज भने एक्कासी बढेर कारोबार भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकैदिन १४ हजार ६०० रुपैयाँले बढ्दै प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ। यसअघि मंगलबार सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, प्रति १० ग्राम सुनको मूल्य पनि बढेको छ। मंगलबार २ लाख ३४ हजार ८२५ रुपैयाँ रहेको सुन आज बढेर २ लाख ४७ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। मंगलबार प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४१५ रुपैयाँले बढेर ४ हजार ९२० रुपैयाँ पुगेको छ। साथै, प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २१८ रुपैयाँ कायम गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार