काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसदमा प्रभावकारी काम अघि बढाउने तयारीका क्रममा सांसदहरूसँग छलफल सुरु गरेका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर उनले छलफल थालेका हुन्।
हाल कर्णाली प्रदेशका सांसदहरूसँग छलफल भइरहेको छ र यसमा सबै दलका सांसदहरू सहभागी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार, बाँकी प्रदेशका सांसदहरूसँग पनि आज वा अन्य दिन छलफल गरिनेछ। प्रदेश अनुसार समूहगत छलफल गर्ने योजना रहेको छ।
यसअघि प्रधानमन्त्री शाहले आफ्नो क्याबिनेटका मन्त्रीहरूसँग छलफल गरी उनीहरूको योजनाहरू सुनेका थिए र काममा कुनै अलमल नपरी अघि बढाउन निर्देशन दिएका थिए।
प्रधानमन्त्रीको यो कदम समूहसँगको समन्वय र नीति कार्यान्वयनमा पारदर्शिता सुनिश्चित गर्ने प्रयासको रुपमा हेरिएको छ।