• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

कांग्रेस संसदीय दलको बैठक आज, प्रतिनिधिसभा अधिवेशनबारे छलफल हुने

कांग्रेस संसदीय दलको बैठक आज, प्रतिनिधिसभा अधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेस ले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभाको पहिलो अधिवेशनबारे छलफल गर्न बैठक आह्वान गरिएको हो ।

कांग्रेस सांसद गीता गुरूङ का अनुसार, बिहान साढे ११ बजे सिंहदरबार स्थित दलको कार्यालयमा उपस्थित हुन सूचना गरिएको छ । बैठकको एजेन्डाबारे भने केही खुलाइएको छैन । ‘साढे ११ बजे अनिवार्य उपस्थित हुनु भनेर खबर आएको छ,’ उनले बताइन् ।

आजै (बिहीबार) बाट प्रतिनिधिसभा को पहिलो अधिवेशन सुरु हुँदैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र १९ गते बिहिवार