• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

जनकपुर रिफाइनरीमा आगलागी, १५ करोड बराबरको क्षति

जनकपुर रिफाइनरीमा आगलागी, १५ करोड बराबरको क्षति

धनुषा — मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा गए राति आगलागी भएको छ।

आगलागीबाट करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताले जानकारी दिएका छन्। उनका अनुसार रिफाइनरीमा जडान गरिएका स्टिम र थर्मोफुल मेसिन जलेर नष्ट भएका छन्।

आगो नियन्त्रणका लागि जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट पाँचवटा दमकल परिचालन गरिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको हो।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार क्षतिको पूर्ण विवरण सङ्कलन गर्न अझै केही दिन लाग्नेछ। आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन।

प्रकाशित मिति : २०८३ बैशाख ४ गते शुक्रवार