• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (शुक्रबार) सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो।

महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन यही सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, १० ग्राम सुनको मूल्य पनि घटेर आज २ लाख ५७ हजार ३० रुपैयाँ पुगेको छ, जुन हिजो २ लाख ५९ हजार ६०० रुपैयाँ थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। आज चाँदी प्रतितोला १२० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार भने चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार ३९८ रुपैयाँ निर्धारण गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावका आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले स्थानीय बजारका लागि दैनिक रूपमा सुन तथा चाँदीको मूल्य निर्धारण गर्दै आएको छ।

प्रकाशित मिति : २०८३ बैशाख ४ गते शुक्रवार