• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

कांग्रेस आधिकारिकता मुद्दामा विश्वप्रकाशले पनि बहस गर्ने

कांग्रेस आधिकारिकता मुद्दामा विश्वप्रकाशले पनि बहस गर्ने

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा आज सर्वोच्च अदालतमा जारी मुद्दामा विपक्षीको तर्फबाट बहसमा सहभागी हुने भएका छन्।

विशेष महाधिवेशनलाई मान्यता नदिन पूर्वसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमाथि बिहीबारदेखि सुनुवाइ सुरु भएको हो। न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा बिहीबार रिटकर्ता पक्षका कानुन व्यवसायीहरूले बहस गरेका थिए र उनीहरूको समय सकिएको छ।

आज शुक्रबार भने विशेष महाधिवेशनको पक्षबाट बहसका लागि समय छुट्याइएको छ। विपक्षीका तर्फबाट उपसभापति शर्मा स्वयं उपस्थित भई आफ्नो धारणा राख्नेछन् भने अन्य कानुन व्यवसायीहरूले पनि बहस गर्नेछन्।उक्त रिटमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ।

बिहीबार पूर्वसभापति शेरबहादुर देउवा पक्षका कानुन व्यवसायीहरू—गोविन्द बन्दी, शेरबहादुर केसी, पंकज कर्ण र एगराज पोखरेललगायतले बहस गरेका थिए। त्यसैगरी सरकारका तर्फबाट नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले पनि धारणा राखेका थिए।आज सभापति गगन थापा पक्षबाट पनि बहस जारी रहनेछ।

प्रकाशित मिति : २०८३ बैशाख ४ गते शुक्रवार