रविले भने– डीपी अर्याललाई राजनीतिक सम्मान दिनेहरुप्रति धन्यवाद

रविले भने– डीपी अर्याललाई राजनीतिक सम्मान दिनेहरुप्रति धन्यवाद

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा डीपी अर्याल लाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरिएको छ। उक्त प्रस्ताव रवि लामिछाने ले पेश गरेका हुन्।

रास्वपा सभापति लामिछानेले अर्याललाई सर्वसम्मत रूपमा सभामुख बनाउन सहयोग गर्ने सबै राजनीतिक दलहरूलाई धन्यवाद व्यक्त गरे। “यो सहयोग र राजनीतिक सम्मानका लागि म सबैप्रति आभारी छु,” उनले बताए।

उनको प्रस्तावलाई स्वर्णिम वाग्ले ले समर्थन गरेका छन्।शुक्रबार मनोनयन दर्ताको क्रममा अर्यालको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध रूपमा सभामुख पदमा चयन भइसकेका छन्। आज बस्ने प्रतिनिधिसभा बैठकले उनको निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ |

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार