काठमाडौं । पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको उजुरीका आधारमा सञ्चारकर्मी जीपी तिमल्सिनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।
उषाले अभद्र व्यवहार, धम्की तथा कुटपिटको प्रयास गरेको आरोप लगाउँदै सोमबार भक्तपुर प्रहरी परिसरमा जाहेरी दर्ता गराएकी थिइन्। जाहेरीपछि प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गराएको भए पनि सहमति हुन नसकेपछि कानुनी प्रक्रिया अघि बढाउँदै तिमल्सिनालाई पक्राउ गरिएको जनाएको छ।यसअघि १७ चैतमा उषाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई सुरक्षा आवश्यक रहेको उल्लेख गर्दै न्यायको माग गरेकी थिइन्। उनले अंशवण्डासम्बन्धी विवाद उठाउँदै आफ्नो जीवनमा अनावश्यक हस्तक्षेप हुन नहुने धारणा पनि सार्वजनिक गरेकी थिइन्।
उषा र तिमल्सिनाबीच २०७९ जेठ २६ गते काठमाडौं जिल्ला अदालतमार्फत सम्बन्धविच्छेद भएको थियो। तर अंशवण्डाको विषय टुंगो नलाग्दै सोही वर्ष मंसिर १९ गते तिमल्सिनाले सविना अधिकारीसँग दोस्रो विवाह गरेका थिए।