काठमाडौं – बिहीबार सुनको भाउ तोलामा ४ हजार ३ सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ९९ हजार रुपैयाँ थियो। विगत सातामा सुनको भाउ कुल ७ सय रुपैयाँ बढेको छ। गत बिहीबार सुनको भाउ पनि प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि घटेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५० रुपैयाँले घटेको हो। हिजो चाँदीको भाउ प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भएको थियो भने आज यो घटेर ४ हजार ८७५ रुपैयाँमा झरेको छ। गत बिहीबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।