सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ – स्थानीय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २,२०० ले बढेर रु २,९६,९०० मा पुगेको छ भने चाँदी प्रतितोला रु ८५ ले घटेर रु ४,९६० मा कारोबार भएको छ।

हिजो बिहीबार छापावाल सुन प्रतितोला रु २,९४,७०० मा कारोबार भएको थियो भने चाँदीको मूल्य रु ४,८७५ थियो। त्यसअघि गत बुधबार सुन प्रतितोला रु २,९९,००० र चाँदी रु ५,०२५ मा कारोबार भएको थियो।

यसैबीच अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औँस करिब ५,३०० अमेरिकी डलर र चाँदी प्रति औँस ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८२ चैत्र २७ गते शुक्रवार