कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खादा दुई बालकको मृत्यु, आमा र भाइ बिरामी

कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खादा दुई बालकको मृत्यु, आमा र भाइ बिरामी

कैलालीको चुरे गाउँपालिका–३ मा मरेको ब्रोइलर कुखुराको मासु खाँदा एकै परिवारका दुई बालकको मृत्यु भएको छ। ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त घटनामा मृतकका आमा २८ वर्षीया राधिका ताम्राकार र उनका ३ वर्षीय छोरा दिपेश ताम्राकार पनि बिरामी परेका छन्। उनीहरूको अहिले सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ।

प्रहरीका अनुसार परिवारले मरेको कुखुराको मासु स्थानीय विकास पोल्ट्री फार्मबाट खरिद गरेको थियो। घटना बिहीबार भएको भए पनि जानकारी शुक्रबार मात्र प्राप्त भएपछि प्रहरीको समन्वयमा सबैलाई उपचारका लागि धनगढी लगिएको हो।फार्म सञ्चालक मंगल साउँद स्वयं इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भई कागज गरेका छन्। उनलाई आवश्यक परेमा उपस्थित हुने शर्तमा आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ बैशाख ५ गते शनिवार