काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको नयाँ रूप र भूमिकाको खोजीमा रहेको बताएका छन् । बुधबार कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले नयाँ नेतृत्व शैलीको खोजी गरिरहेको उल्लेख गर्दै संघर्ष भने अन्तिमसम्म जारी राख्ने स्पष्ट पारे । उनले पार्टी पुनर्गठन र पुनर्संरचनाको महत्वपूर्ण अवसर आएको भन्दै सच्चिन चाहनेहरूलाई मात्र पार्टीमा बस्न आग्रह गरे भने नचाहनेहरूलाई आफ्नो बाटो लाग्न संकेत गरे । विभिन्न पार्टीबीच एकता भएको उल्लेख गर्दै कसैलाई फुट्न नदिने तर पार्टीभित्र बसेर विवाद गर्ने प्रवृत्ति स्वीकार्य नहुने धारणा राख्दै उनले क्रान्तिकारी ढंगले रूपान्तरण हुनेहरूलाई मात्र साथ दिन आह्वान गरे ।