काठमाडौँ । सरकारले दोस्रो चरणअन्तर्गत सुकुमबासी तथा नदी किनार आसपासका अतिक्रमित बस्ती हटाउने अभियानलाई तीव्र बनाएको छ । सोही क्रममा आइतबार पनि डोजर सञ्चालन गरिएको छ । आज बिहान कपन क्षेत्रका अतिक्रमित बस्तीमा डोजर चलाइएको छ भने यसअघि शनिबार बालाजु र स्वयम्भू क्षेत्रका बस्तीमा पनि हटाउने काम गरिएको थियो । यसअघि पहिलो चरणमा सरकारले थापाथली, गैरी गाउँ लगायतका स्थानका सुकुमबासी बस्ती हटाइसकेको छ ।