काठमाडौं । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा पक्राउ गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई सोमबार काठमाडौं महानगरपालिका–२ खुर्सानीटारबाट नियन्त्रणमा लिएको हो ।
नवीकरण नगरेपछि २०८० वैशाख ३ गते स्मार्ट टेलिकमको अनुमति पत्र स्वतः रद्द भएसँगै कम्पनी बन्द अवस्थामा छ । त्यसपछि कम्पनीको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरण ले नियन्त्रणमा लिएको थियो । तर, सो सम्पत्तिमा बेइमानीपूर्वक हस्तक्षेप गरी सरकारको हक टुटाउने कार्य गरेको आरोप जोशीमाथि लागेको सीआईबीले जनाएको छ ।