इरान–अमेरिका तनाव चाँडै अन्त्य हुने पुटिनको आशा

इरान–अमेरिका तनाव चाँडै अन्त्य हुने पुटिनको आशा

काठमाडौं । रुसका राष्ट्रपति Vladimir Putin ले इरानसँग सम्बन्धित जारी सङ्घर्ष छिट्टै अन्त्य हुने आश व्यक्त गरेका छन् । उनले द्वन्द्व लम्बिँदै गए सबै पक्षलाई नोक्सान पुग्ने चेतावनीसमेत दिएका छन् । बीबीसीका अनुसार शनिबार पत्रकारहरूसँग कुरा गर्दै पुटिनले इरान र फारसको खाडीका देशहरूसँग रुसको मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै अहिलेको अवस्था निकै जटिल बनेको बताएका हुन् । उनले इरान र अमेरिकाबीच जारी वार्तातर्फ संकेत गर्दै कुनै पनि पक्षले सङ्घर्ष लम्ब्याउन नचाहेको धारणा राखे । हालै इरानका विदेशमन्त्री Abbas Araghchi ले रुस भ्रमणका क्रममा पुटिनसँग भेटवार्ता गरेका थिए । रुसले यसअघि पनि सबै पक्षलाई संयमता अपनाउन र शान्तिपूर्ण समाधान खोज्न आग्रह गर्दै आएको छ भने आवश्यक परे इरान र अमेरिकाबीच मध्यस्थता गर्न तयार रहेको संकेतसमेत दिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २७ गते आइतवार