कृषि, पर्यटन र रोजगारीमा जोड दिँदै कोशी सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

कृषि, पर्यटन र रोजगारीमा जोड दिँदै कोशी सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

विराटनगर । हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । बुधबारबाट सुरु भएको प्रदेशसभाको बजेट अधिवेशनअन्तर्गत आज बस्ने दोस्रो बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङ ले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । प्रदेश सरकारले कृषि, पर्यटन, पूर्वाधार विकास तथा रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारेको जनाएको छ । यही नीति तथा कार्यक्रमका आधारमा सरकारले आगामी असार १ गते आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट ल्याउने तयारी गरेको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ७ गते बिहिवार