राष्ट्रिय सभामा सबै दलका सांसदहरूले प्रधानमन्त्री बालेन शाहको भारत–नेपाल सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाए। सांसदहरूले २४ घण्टाभित्र स्पष्ट तथ्य सार्वजनिक गर्न माग गर्दै छानबिन समिति गठनको प्रस्ताव पनि राखे। लगातार विरोधका कारण बैठक कार्यसूचीमा प्रवेश गर्न नसकी २० मिनेटका लागि स्थगित भएको थियो।
नेपाली कांग्रेसले प्रधानमन्त्रीले नेपालले भारतको केही भूभाग मिचेको भनाइ स्पष्ट गर्न आग्रह गरेको छ भने नेकपा र राष्ट्रिय जनमोर्चा लगायतका दलले अभिव्यक्तिलाई राष्ट्रघाती र स्वाभिमानमा चोट पुर्याउने भन्दै आलोचना गरेका छन्।