प्राविधिक त्रुटिका कारण रास्वपाको बागमती प्रदेश अधिवेशन निर्वाचन स्थगित

प्राविधिक त्रुटिका कारण रास्वपाको बागमती प्रदेश अधिवेशन निर्वाचन स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन अन्तर्गतको निर्वाचन कार्यक्रम प्राविधिक तथा व्यवस्थापकीय कारणले अस्थायी रूपमा स्थगित गरिएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गर्दै निर्वाचन प्रक्रिया रोकिएको जनाएको हो। मंगलबारदेखि सुरु भएको निर्वाचन कार्यक्रम बुधबार बिहान ८ बजेसम्म स्थगित गरिएको भए पनि अधिवेशन नै रद्द भएको भन्ने भ्रामक सूचना फैलिएपछि केही प्रतिनिधि मतदान स्थलबाट फर्किएको विषयमा आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार मतपत्र तथा नामावलीमा देखिएका त्रुटि सच्याउन, मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न, करिब ४०० जनाको समायोजन सूचीसम्बन्धी उजुरी तथा विवाद समाधान गर्न र प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गरी निर्वाचन प्रक्रियालाई सहज र व्यवस्थित बनाउन निर्वाचन कार्यक्रम अस्थायी रूपमा स्थगित गरिएको हो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार