• २०८३ भाद्र ९ गते मङ्गलवार
  • Preeti To Unicode

मतदाता नामावली विवादले रास्वपा बागमती प्रदेशको निर्वाचन स्थगित

मतदाता नामावली विवादले रास्वपा बागमती प्रदेशको निर्वाचन स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया मतदाता नामावलीमा देखिएको विवादका कारण स्थगित भएको छ। निर्वाचन समिति संयोजक सुमित्रा पण्डितले हाललाई निर्वाचन कार्यक्रम रोकिएको र २४ घण्टाभित्र अर्को सूचना जारी गरिने जानकारी दिइन्। मंगलबार निर्वाचन समितिले अव्यवस्थित रूपमा हस्तलिखित मतदाता नामावली प्रकाशन गरेपछि त्यसबारे प्रश्न उठेको थियो। विवादका बीच पनि उम्मेदवारी दर्ता प्रक्रिया अगाडि बढाइएको भए पनि अन्ततः निर्वाचन स्थगित गरिएको हो। निर्वाचन कार्यक्रम रोकिएसँगै अधिवेशनस्थल सुनसान बनेको छ भने प्रहरीले त्यहाँ उपस्थित प्रतिनिधिहरूलाई ‘तपाईंहरूका नेताहरू नै यहाँ हुनुहुन्न, जानुस्’ भन्दै स्थल खाली गराएको बताइएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार