चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्द सत्र आज सुरु भएको छ। प्राविधिक कारण देखाउँदै हिजो सुरु गर्ने तय गरिएको बन्द सत्र एक दिनपछि सञ्चालनमा आएको हो। बन्द सत्रमा सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू उपस्थित भइसकेका छन् भने वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह हालसम्म उपस्थित भएका छैनन्।