काठमाडौं । नेकपा एमालेका नवनियुक्त १३ जना केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। च्यासलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई शपथ गराएका हुन्।
दुई दिनअघि बसेको पार्टीको स्थायी कमिटी बैठकले श्रृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्बुहाङ, नवीन रोका, मिनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसीलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।