दसैँ सुरु भएसँगै असन र इन्द्रचोकमा बढ्यो चहलपहल

दसैँ सुरु भएसँगै असन र इन्द्रचोकमा बढ्यो चहलपहल

काठमाडौँ। वडा दसैँ सुरु भएसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको छ। दसैँका लागि आवश्यक सामग्री, नयाँ लत्ताकपडा, जुत्ता–चप्पल तथा पूजाका सामग्री खरिद गर्न आउने सर्वसाधारणको भीड बजारमा देखिन थालेको छ। दसैँको समयमा किनमेलका लागि विशेष भीड लाग्ने यी बजारमा काठमाडौँ उपत्यकासहित आसपासका विभिन्न स्थानबाट समेत मानिसहरू आउने गरेका छन्। बजारमा ग्राहकको चाप बढेसँगै व्यापारीहरू पनि व्यस्त भएका छन्। चाडपर्वको रौनकसँगै ऐतिहासिक बजार असन र इन्द्रचोकमा किनमेल गर्ने तथा घुमफिर गर्न आउने मानिसको चहलपहल बढ्दै गएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार