ओलीको भनाइ : ‘हामीमाथिको घेराबन्दी अझै सकिएको छैन’

ओलीको भनाइ : ‘हामीमाथिको घेराबन्दी अझै सकिएको छैन’

काठमाडौं, २६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथिको घेराबन्दी अझै जारी रहेको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द्रीय सदस्यहरूको शपथ समारोहलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा पनि एमालेविरुद्ध घेराबन्दी हुने दाबी गरे । लोकतन्त्र, स्वाधीनता र स्वतन्त्रताको पुनःप्राप्तिका लागि बलजफ्ती र दमनको प्रतिवाद गर्नुपर्ने उनको भनाइ थियो । ओलीले निहत्था जनतालाई हतियार र संगठित बल प्रयोग गरेर दबाउन खोजिए जनताले प्रतिवाद गर्नुपर्ने बताए । उनले आगजनी र लुटपाटलाई आन्दोलन भन्न नमिल्ने उल्लेख गर्दै ठूलो र बलियो पक्षले कमजोरमाथि बलजफ्ती गर्दा त्यसको प्रतिवाद गर्नु नै वास्तविक आन्दोलन भएको जिकिर गरे । साथै, उनले विगतमा पनि आफ्नो पार्टीविरुद्ध घेराबन्दी गरिएको दाबी गर्दै आगामी चुनौतीहरूको सामना गरेर अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार